नरेश गुप्ता

बरियारपुर,बाराको विभिन्न स्थानीय तहमा सार्वजनिक स्थानमा सडक र जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरु हटाइएको छ । बाराको पुर्वी नहर खण्ड अन्तर्गत रहेको फेटा गांउँपालिका १ स्थित नहर चौकमा छेउछाउमा सडक नै अतिक्रमण गरि बनाइएको घरटहरा, पसलहरु हटाइएको छ । पुर्वी नहर सडकको काम भइरहेकोले अतिक्रमण गरि बनाइएको घरटहराहरु सडक विभाग, स्थानीय तह, नेपाल प्रहरी सशस्त्र प्रहरीको पहलमा घरटहरा हटाइएको फेटा गांउँपालिकाको अध्यक्ष अमिरिलाल साहले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाको करैयामाई गाउँपालिका ८ नरही चौकमा सडक अतिक्रमण गरि बनाइएको घरटहरा पनि आइतवार हटाइएको छ । सडक अतिक्रमण गरि बनाइएका घरहरु, पसलहरु नेपाल प्रहरी, सशस्त्र प्रहरीको पहलमा हटाइएको वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र साहले जानकारी गराउनुभयो । बाराको विभिन्न स्थानीय तहमा अझै पनि सडक अतिक्रमण गरि घरटहराहरु, पसलहरु संचालनमा रहेकोले व्यवस्थापन गर्नु पर्ने देखिएको छ । जिल्लाका अधिकास सार्वजनिक स्थानमा रहेको मठ मन्दिर, सडक जस्ता सार्वजनिक जमिन अतिक्रमणमा परेको स्थानीयहरु बताउछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here