वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गरेको छ ।पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मा २ कट्टा क्षेत्रफल जग्गामा लगाइएको गाँजाको १३ सय बोट ईलाका प्रहरी कार्यालय ठोरीले फँडानी गरेको हो ।गाँजा खेतीमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

Leave a Reply