निजगढ,चिसो बढेर नागरिकको जनजीवन प्रभावित बनेपछि सशस्त्र प्रहरीले निजगढमा सर्वसाधारणलाई आगो ताप्न दाउरा वितरण गरेको छ ।विपद व्यवस्थापन बेश निजगढले निजगढस्थित पूर्वपश्चिम लोकमार्गसहित विभिन्न स्थानमा दाउरा वितरण गरेको हो । सशस्त्र प्रहरी नायब प्रहरी उपरीक्षक दिनेश शर्माका अनुसार नगरपालिकाको विभिन्न सडकमा पैदल यात्रुहरु र सर्वसाधारणको लागि दाउरा वितरण गरिएको छ ।केहि दिन अघिदेखि चिसो बढेकाले निजगढ नगरपालिकाभित्र रहेको विद्यालयहरु बन्द समेत गरिएको छ ।

Leave a Reply