निजगढ,छिमेकी महिलालाई बोक्सी आरोप लगाएर फरार रहेका एक जनासहित बारा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट कलैया बसपार्क र ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटेको टोलीले उनीहरुलाई शनिवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।बोक्सी आरोपको बरदातपछि फरार रहदैआएका कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा टोल बस्ने वर्ष ५९ को हनुमान सहनीलाई कलैया बसपार्क अस्थायी प्रहरी पोष्टको टोलीले पक्राउ गरेको हो भने परवानीपुर प्रहरीले चोरी मुद्दामा दोषि ठहर परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडी बस्ने वर्ष अन्दाजी १९ को रामपुकार कुशवाहालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराले छिमेकी महिलालाई बोक्सी आरोप लगाएको अभियोगमा सहनी विरुद्ध ५ महिना १४ दिन कैद सजाय तोकेको थियो । कुशवाहालाई भने अदालतले ४ महिना कैद र ३ हजार ३ सय ३३ रुपैया जरिवाना फैसला सुनाएको थियो ।वरदातपछि फरार रहेका उनीहरुलाई खोजतलासको क्रममा प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिनुभयो ।

Leave a Reply