कृष्ण मोहन साह
सेढवा – डिप्रोक्स लघुबित बितिय संस्थाको शाखा कार्यालय सेढवाको आयोजनामा जिराभवानी गाउँपालिकामा रहेको बितो महतो जनता मा बि जितपुर नौका टोलामा केन्द्र प्रमुख गोष्ठी तथा बितिय साक्षरता कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाइ संस्थालाई कसरी उन्मुख बनाउने संस्थाका सदस्य हरुलाइ बैंक के हो र बैंकिङ कारोबारको महत्त्व बचत किन गरिन्छ बचतको महत्व बचतको फाइदाको बारेमा सहभागी हरुलाइ प्रशिक्षण दिइएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतोले ऋण लिएर व्यसाय गर्ने र सहि ठाउँमा पैसाको सदुपयोग गर्न आग्रह गरेका थिए । जिराभवानी गाउँपालिका ऋण कै कारण ले गर्दा आत्महत्या को घटना को वृद्धि भैरहेको भन्दै ऋण दिने संस्था र लिने व्यक्तिले पनि सोचेर लिनुपर्ने कुरामा जोड दिएका थिए। संस्थाका अनुगमन अधिकृत रमेश बाबू कटेलले ऋण लिएर पैसा को सहि ठाउँमा सदुपयोग गर्यो भने समाज र रास्ट्र को प्रगति हुने कुरामा जोड दिएका थिए ।
जिरभावानी गाउँपालिकाका अध्यक्ष रामपृत महतोको प्रमुख आतिथ्य तथा डिप्रोक्स लघुबित बितिय संस्थाका केन्द्रिय प्रमुख देव कुमारी देविको सभापतित्वमा समपन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य बालेशवर चौरसिया , बितो महतो , जनता माबिका प्रअ सशिकपुर राय , ईलाका प्रहरी कार्यालय सेढवाका प्रतिनिधि , जिरा भवानी गाउँपालिका पशु सेवा केन्द्र प्रमुख शिवचन्द्र ठाकुर ,साखाका अनुगमन अधिकृत अनिल पन्जियार , रमेश बाबू कटेल , डिप्रोक्सका सेढवा शाखा प्रमुख हरिनारायण ठाकुर, कार्यक्रम सहायक बिजय साह , बरिस्ठ सहायक निर्मल कुमार सिंह लगाएत संस्थामा आवद्ध जिराभवानी गाउँपालिका , पटेर्वा सुगौली गाउँपालिका ,र जगरनाथपुर गाउँपालिकाका उपभोक्ताहरुको समूहका संयोजकहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम सन्चालन संस्थाका सुबास यादवले गरेका थिए ।