सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित थानीमाई सामुदायिक वन समूहले आफ्नो १९औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।साधारण सभामा वन संरक्षण, स्थानीय समुदायको भूमिका र वनसम्बन्धी विभिन्न योजनाहरूको समीक्षा गरिनुका साथै आगामी योजना तय गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका पूर्वउद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सामुदायिक वनहरूको महत्व र स्थानीयको आर्थिक विकासमा यसले पुर्याएको योगदानबारे प्रकाश पार्दै सामुदायिक वनहरूको सुदृढीकरणका लागि आप्mनो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पथलैया सब डिभिजन वन कार्यालयका प्रमुख विमल ठाकुर, जीतपुरसिमरा वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष माया बि.क., वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल लगायत स्थानीय जनप्रतिनिधि, वन समूहका पदाधिकारीहरू र वन उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
थानीमाई सामुदायिक वन समूहका अध्यक्ष गोबिन्द अधिकारी विनोदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्याम सुबेदीले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply