सिमरा,नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मधेस प्रदेशको आयोजनामा सिमरामा १३४औं मे दिवस सोमवार मनाइएको छ । कार्यक्रम नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले मुलुकलाई सम्पन्न बनाउन उत्पादन वृद्धि गर्नुपर्ने बताउँनुभयो । उत्पादन सँगै रोजगारी सिर्जना हुने र यसबाट आर्थिक समृद्धि हासिल हुनेमा उहाँको जोड छ । पूर्वमन्त्री पौडेलले वर्तमान सरकारले देशमा भ्रष्टाचार बढाएको आरोप लगाउदै यो सरकार मजदुर विरोधी भएको र एमालेले मात्र मजदुर किसानको पक्षमा काम गरेको दाबी गर्नु भयो । देश समाजवादको बाटोमा जानका लागि सबै मजदुरको आर्थिक अवस्था राम्रो हुनु पर्ने उहाँको भनाइ छ ।जिफन्ट मधेस प्रदेश कमिटीका अध्यक्ष कमलेस झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिफन्ट केन्द्रिय उपाध्यक्ष मन्जु थापा, एमाले प्रदेश कमिटी सदस्यहरु सुन्दर बिक, देबनारायण चौधरी, मनोज पौडेल, सीता गुरुङ, समग्रका अध्यक्ष आनन्द थामी, केन्द्रिय सदस्य गिता भण्डारी, सौन्दर्यकर्मी संघकी सुमित्रा सापकोटालगायतले बोल्नुभएको थियो ।कार्यक्रमको सहजीकरण मुक्ति चौधरी र स्वागत अमर यादबले गर्नु भएको थियो ।


















