वीरगन्ज,होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले पेड होटेल आइसोलेसन सेवा सञ्चालन गर्ने भएको छ । पर्सा जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पर्सामा संक्रमितहरुको सुविधाका लागि पेड होटेल आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो । वीरगन्ज महानगरपालिकाको अनुरोधमा घरमा बस्न पायक नमिल्ने तथा सामुदायिक आइसोलेसनमा बस्न नचाहने संक्रमितहरुलाई मध्यनजर गर्दै सोमवारदेखि होटेल बिजय ज्योती प्रा.लि.मा पेड आइसोलेसन सेवा शुरु गरिने होटेल तथा पर्यटन व्यवासायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले जानकारी दिनुभयो ।

पेड होटेल आइसोलेसनमा बस्न चाहनेहरुले संघका अध्यक्ष हरी पन्तको सम्पर्क नम्बर ९८५५०२१५२४ र कार्यकारी समिति सदस्य हिरा श्रेष्ठको मोवाइल नम्बर ९८५५०१४४३० मा सम्पर्क गर्न पनि पन्तले आग्रह गर्नुभयो ।

एसी र अट्याच बाथरुमसहितको सिंगल कोठा प्रतिदिन ३ हजार र डलब कोठाको २ हजार शुल्क तोकिएको छ । अध्यक्ष पन्तका अनुसार पेड क्वारेन्टिन तथा आइसोलेसनमा बस्नेहरुलाई खाजा र खाना ४ पटक व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here