रौतहट,रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित नेकपा एमाले नगर कमिटीले बिहीवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा माओवादीबाट शिवपुजन यादव, जसपाबाट प्रभात कुशवाहा, धर्मेन्द्र राय यादव, उपेन्द्र राय यादव, भागवत चौधरी, नेकपा एकीकृत समाजवादीबाट वीरेन्द्र राय यादव एमालेमा प्रवेश गरेका हुन् ।नवप्रवेशीलाई नेता भट्टराई र एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले टीका र माला लगाएर स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here