सिमरा,प्रेस चौतारीे नेपाल बाराले होली पर्व र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिवार सिमरामा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।सिमराको औराहास्थित देवाघाट आश्रमको पार्कमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता प्रेस चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटाले गर्नुभएको थियो । चौतारीका केन्द्रिय सचिव कमलकुमार उपाध्याय अधिकारीको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा चौतारीका सदस्यहरुले आपसमा रंग लगाएर होली मनाएका थिए ।

कार्यक्रममा प्रेस चौतारी मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारी, चौतारी बाराका पूर्व अध्यक्ष दिवाकर भण्डारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, नेकपा एमाले मधेस प्रदेश सदस्य त्रिलोकबिक्रम साह र चौतारी बारा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा चौतारीका सचिव उपाध्याय, एमाले मधेस सचिव पौडेल, चौतारी मधेस प्रदेश उपाध्यक्ष तिवारी लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन चौचारी जिल्ला सचिव श्याम गुप्ताले गर्नुभएको थियो ।



















