कृष्ण मोहन साह
सेढवा,वन गस्ती टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट ठुलो परिमाणमा अवैध सालको गोलिया काठ बरामद गरेको छ ।राष्ट्रिय वन क्षेत्रबाट अबैध रुपमा रुख कटान गरि लुकाइ राखेको विशेष सूचनाको अधारमा सबडिभिजन वन कार्यालय बसन्तपुरबाट सुबेदार प्रदिपप्रसाद तिमिल्सिनाको नेतृत्वमा गएको वन गस्ती टोलीके पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया गाउँ नजिकैको खेतमा लुकाइराखेको अवस्थामा ४५ क्युफिट बराबराको आठ थान सालको गोलिया बरामद गरेको हो ।बरामद काठलाई सबडिभिजन वन कार्यालय बसन्तपुरमा राखिएको र सो काठ कस्ले तस्करी गरेर ल्याएको हो भन्ने बारेमा थप अनुसन्धान भैरहेको सबडिभिजन जन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले जानकारी दिनुभयो ।


















