सरकारले आगामी आर्थिक वर्षका लागि संबिधानमा भएको व्यवस्था अनुसार नै बजेट सार्वजनिक गरेको छ ।

सरकारले सार्वजनिक गरेको बजेटले धेरै कुरा समावेश गरेको छ । धेरै कुरा अझै समेट्न पनि सकेन होला । सामाजिक सुरक्षा भत्ता लगायतका बिषयमा सरकारले समेटेको बिषयमा पनि छलफल होला नै बहस होला नै । तर, सरकारले सार्वजनिक गरेको बजेटमा बारा र यस आसपासका बिषयमा संवोधन गरेको कुरामा भने बहस र समीक्षा गर्न आवश्यक देखिन्छ ।

बिशेषगरी बाराको निजगढ क्षेत्रमा बनाइने भनिएको विमानस्थलको बिषयमा बजेटले फेरि अन्यौलता सृजना गरिदिएको छ । केही दिनअगाडि मात्रै सर्बोच्च अदालतले निजगढमा विमानस्थल बनाउन उपयुक्त नहुने फैसला जारी गरिसकेको अवस्थामा आइतबार बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलका लागि बजेट बिनियोजन गरेको कुरा आएपछि थप अन्यौलता सृजना भएको हो ।

हुनत दुर्तमार्ग निर्माणका लागि पनि बजेट छुट्टाइएको छ र तीन वर्षमा बनाइसक्ने कुरा पनि गरिएको छ । अब तीन वर्षमा यो निर्माण कार्य सम्पन्न होस् भन्ने यस क्षेत्रका नागरिकहरुको चाहना हो तर विमानस्थलको बिषयमा सरकारले बोलेको कुराले भने थप अन्यौलता र आशंका पैदा गरेको नै छ ।

 

Leave a Reply