कलैया,मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण कार्यक्रम सम्बन्धी रिप्रिटास सर्वेको लागि बुधवार जिल्लास्तरीय एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु पर्ने बताउनुभयो । उहाँले नियमित औषधि सेवनबाट रोग निको हुने भएपनि पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले औषधी खुवाउन हेलचेक्रयाइ गरेका कारण जिल्लामा रोगको निवारण हुन नसकेको पनि बताउनुभयो ।जिल्लाका सबै नागरिकमा औषधि सेवन गराएको भएपनि पुनः लक्षण देखिएकाले बारा जिल्ला हात्तिपाइलेको जोखिमा रहेको जिल्लामा परेको छ । जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुर र देवताल गाउँपालिकामा यो रोग गत साल फेला परेकोले सो वडाका ३ सय जनालाई रि प्रि टास सर्वे गरिने बताइएको छ ।जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखद प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत सुरक्षा निकायका प्रमुख, डा. शुशिल साह लगायतले रोगबारे जिज्ञासा राखेका थिए । कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्यका प्रमुख डा. रामनरेश राय यादवले गर्नुभएको थियो ।


















