वीरगन्ज उद्योग बाािण्ज्य संघले दुई दिनअगाडि वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपालमा भारतबाट आउने चामलको मुल्य बढेको जानकारी दियो । चामल व्यवसायी समेत रहेका वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले दिएको जानकारी हचुवाको भरको पक्कै होइन । वीरगन्जका उद्योगी ब्यवसायीहरुले चामलमा भारतले गरेको कडाइमा व्यवसायीहरुले चिन्ता पनि जनाए ।

उनीहरुले चिन्ता जनाउनुको मतलभ नेपाल भविष्यमा खाद्यान्नको सवालमा गम्भीर संकटमा रहेको कुरा पुष्टि हुन्छ । भन्ने बेलामा नेपाललाई कृषि प्रधान देश भन्ने गरिन्छ र स्वभाविक रुपमा नेपाल अहिले पनि कृषिमा नै आश्रित छ तैपनि कृषकहरुले उत्पादन गरेको खाद्यान्नले सालभरि खान पुग्ने अवस्था छैन ।

यस्तो अवस्थामा नेपाल खाद्यान्नमा परनिर्भर रहनु भनेको निकट भविष्यमा खाद्यान्नको संकट निम्तने खतरा हो । अब धानको उत्पादन बढाउनका लागि सरकारलहरुले स्पष्ट नीति लिन आवश्यक छ । हुनत कृषिका लागि नेपालका तीनै तहका सरकारले गरेको प्रयासहरु निरर्थक भएकाले पनि कृषिमा युवा आत्मनिभर छैनन् । अनि कृषि पेसा पनि व्यवसायिक हुन सकेको छैन र खाद्यान्नमा परनिर्भर हुन परेको छ । यस्तो अवस्थामा आम युवाहरुलाई कृषि पेसमा आकर्षित गर्ने कार्यक्रम संचालन गरेर देशमा खाद्यान्न उत्पादन बढाउनुको विकल्प छैन ।

Leave a Reply