वीरगन्जबाट पूर्वको राजविराज, विर्तामोड र विराटनगरतर्फ १३ वटा ट्रकमा लोड गरेर जाँदै गरेको ५ हजार ४६० बोरा कृषि उपजमा प्रयोग गरिने पोटास प्रहरीले नियन्त्रणमा लिएको छ ।बाराको निजगढ र पथलैयाबाट नियन्त्रणमा लिइएको उक्त रसायनिक मल पोटासको बजार मूल्य ८७ लाख रहेको प्रहरीले जनाएको छ ।एमएस किसान ट्रेडर्स भारतीय कम्पनीको उक्त पोटास मल बोकेका मध्ये निजगढबाट ८ वटा र पथलैयाबाट ५ वटा ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिधराम न्यौपानेले बताउनुभयो ।शंकास्पद पोटास राजस्व छलेर बाहिर लाँदै गरिएको सूचना पाएपछि बुधबार राति ना ५ ख २९८७, ना ८ ख ८५२२, ना ८ ख १८४५, ना ६ ख ७३११, ना ५ ख ५४०७, ना ५ ख ३३३, ना ७ ख १८६३, ना ५ ख ७७८६, ना ६ ख ३८४३, ना ७ ख ९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७ र ना ७ ख ९८५२ वटा १३ ट्रकसहितकोे रसायनिक मल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । निजगढबाट नियन्त्रणमा लिइएका ट्रकलाई इलाका प्रहरी कार्यालय निजगढ अगाडि राजमार्गको किनारामा रोकेर राखिएको छ ।स्रोतका अनुसार नेपालमा मलको अबैध कारोबार गर्दैआएको भारतीय कम्पनीको रहेको बताइएको छ ।



















