वीरगञ्ज,भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले शान्ति सुरक्षाको माग गरेका छन् । केही व्यक्तिहरुले मालपोत कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई दुव्र्यवहार गरेपछि त्रसित बनेका कर्मचारीहरुले शान्ति सुरक्षा कायम गरेर घटनाका दोषीमाथि कारबाही नगरे आन्दोलनमा जाने चेतावनी दिएका हुन ।कार्यालयमा चन्दाको नाममा पैसा असुल्न आएकाहरुलाई कर्मचारीहरुले पैसा नदिएपछि उनीहरुले भदौ १८ गते सुनियोजित ढंगले कार्यालय समयमा कार्यालय प्रमुखमाथि मूल गेटमै हातपात तथा गाीलगलौज गरि सरुवा भएर जान धम्की दिएको घटनाको भत्र्सना गर्दै कर्मचारीहरुले सुरक्षाको वातावरण बनाउन र दोषिमाथि कारबाही गर्न माग गरेका हुन् ।
कार्यालयका सबै कर्मचारीहरुले हस्तारक्षर गरेर बिहीवार जारी गरेकोविज्ञप्तिमा कर्मचारीहरुमाथि भ्रष्टाचारीको आरोप लगाई गाली बेइज्जति गरि सम्पूर्ण कर्मचारीहरूको भावनासमेत कुण्ठित पारिएकोभन्दै दोषीलाई कारबाही गरी काम गर्ने वातावरण नबनाएमा आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने जनाएका छन ।
दोषिहरुको नाम नै उल्लेख गर्दै उनीहरुले विज्ञप्ति जारी गरेका हुन । विज्ञप्तिमा टिभी वीरगन्जका सञ्चालक धु्रव साहको नेतृत्वमा आएका सहरुम गद्दी, राकेश यादव (मितवा), लेखापढीका निवर्तमान अध्यक्ष रामाधार साह कलवार, उपाध्यक्ष अली हुसेन, कोषाध्यक्ष संजित साह कानु, प्रमानन्द साह कानु, मुकुल शाह लगायतका व्यक्तिहरुले सुनियोजित तरिकाले मालपोत कार्यालयका कर्मचारीहरुलाई अपमानजनक शव्द प्रयोग गरेर हातपात, दुव्र्यवहार, गालीगलौज तथा कर्मचारीहरुको मान मर्दन गर्नुका साथै कार्यालयको काममा समेत अवरोध पु¥याएको जनाइएको छ ।
पत्रकार आचार संहिताको विपरीतटिभी संचालक साहले गुण्डागर्दी शैलीमा बिना प्रमाण कपोलकल्पित, मिथ्या, तथ्यहिन र निराधार कुरा गरेर कार्यालय प्रमुख लगायत कर्मचारीहरुलाई घुसखोर, अपराधी, बेइमान, भ्रष्टचारी भनेर दुव्र्यवहार गरेको तथा कार्यालयमा होहल्ला गरि सेवा प्रवाहमा समेत अवरोध गर्नुको साथै राष्ट्रसेवक कर्मचारीहरुको मनोवल गिर्नेगरि आम नागरिकमा अनावश्यक भ्रम पैदा हुने व्यवहार गरेको पनि जनाइएको छ ।पत्रकारिता पेसाको मर्यादाभन्दा बाहिर गई बिचौलियाहरुको कुरामा लागेर अराजकशैलीमा प्रस्तुत भई कार्यालय प्रमुखलाई हातपात, दुव्र्यवहार र गालीगलौज गरेकोले दोषीलाई कानून बमोजिम हदैसम्म कारबाही हुनुपर्ने र घटनाको विषयमा सामाजिक सञ्जाल तथा टीभी वीरगञ्जमा प्रशारित भिडियो क्लीपलाई आधार मानेर छानबिन गरि दोषीउपर कारबाही गर्न कर्मचारीहरुको माग छ ।


















