रौतहट
आसन्न निर्वाचनको मिति नजिकिदै जांदा रौतहटमा चुनावी सरगर्मी तीव्र रुपमा बढन थालेको छ ।
विभिन्न राजनीतिक दलका नेताहरुले आ आफ्नो पक्षमा मतदान गर्न मतदाताहरुको घरदैलौमा पुग्न थालेपछी चुनावी सरगर्मी बढेको हो ।

नेकपा एमाले रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधी सभा र प्रदेश सभाकाका उम्मेदवारहरुले जिल्लाको विभिन्न स्थानमा मतादाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न तथा विगतमा भएको कमिकमजोरीलाई सच्चाई जनताको हितमा काम गर्ने वाचा सहित गाउं गाउं पुग्न सुरु गरेका छन् ।

यसै क्रममा नेकपा एमाले रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधी सभा सदस्य अजय कुमार गुप्ता र प्रदेश सभाका उम्मेदवार राजकिशोर यादवले शुक्रवार राजदेवी नगरपालिका ६ सेढवा तथा दुर्गा भगवती गाउं पालिका ५ बडहर्वाका चुनावी सभा गरेका छन् ।

विगतमा जितेका सांसदहरुले गर्न नसकेको कामहरुलाई आफुले पुरा गर्ने तथा जनताको चाहना बमोजिम थप नंया कार्यहरु गर्ने वाचा सहित जनताहरु माझ पुगेको नेकपा एमाले प्रदेश सभा (क) बाट सम्भावित उम्मेदवार राजकिशोर यादवले भन्नुभयो ।

आफुले जनताको चाहना बमोजिम कार्य गर्ने हो जनताले चाहेको बेला उपस्थित भई हरेक समस्याको समाधान गर्न आफु तयार भएर बसेको बताउनुहुंदै यादवले आफ्नो लागी जनतानै सर्वोपरी भएको जानकारी दिनुभयो ।

 

Leave a Reply