यसो सुन्दा वन र मानिसको बीचमा के नै सम्बन्ध होला र भन्ने पनि धेरैलाई लाग्न सक्छ तर वन र मानिसका बीचमा निकै ठुलो सम्बन्ध रहेको छ । मानिसले लिने स्वासको पहिलो माध्याम भनेकै वन हो अनि दैनिक जीवन पनि मानिसले वनबाट नै चलाउने गर्दछ । त्यसो त श्रृष्टिको सुरुवाततिर मानिसले जंगलमा नै जीवन बिताउने गरेको कुरा इतिहाँसमा नै उल्लेख छ । यो हिसावमा पनि वन अथवा जंगल र मानिसका बीचमा एकदमै ठुलो सम्बन्ध छ ।तैपनि मानिसले जंगल फडानी गरिरहेको हुन्छ । मानिसले आफैलाई ठगेर जंगलको बिनास गरिरहेको हुन्छ । क्षणिक फाइदाका लागि मानिसहरुले वन मासिरहेको देखिन्छ । अहिलेको फाइदामा मानिस लागेको देखिन्छ तर वनको संरक्षण गरियो भने यसले भावी पुस्तालाई समेत धेरै फाइदा पुग्नेछ तर अहिलेको पुस्ताको स्वार्थी स्वभावका कारण वन दिनदिनै मासिदै छ ।यसैले त बाराको निजगढका एक सामुदायिक वन समूहका अध्यक्ष नै पक्राउ परेको समाचार सार्वजनिक भएको छ । अध्यक्ष वा जो सुकै भएपनि कानुन सबैका लागि बरावरी हो भन्ने कुरा वन कार्यालयले सन्देश पनि दिन खोजेको देखिन्छ ।वास्तवमा वनको अध्यक्ष हुने अनि वन नै फडानी गर्नेलाई त यसैपनि कारबाही हुनु नै पर्दछ त्यसो त यस्तो घटनामा संलग्न जो भएपनि कारवाही गरी वनको संरक्षण गर्न आवश्यक छ ।

Leave a Reply