वीरगन्ज,पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव माथि आक्रमण गर्नेहरुलाई कडा कारबाही नभए आन्दोलनमा उत्रिने राष्ट्रिय युवा सङ्घ पर्साले चेतावनी दिएको छ ।
नेकपा एमालेका भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गर्दैै अध्यक्ष यादवमाथि आक्रमण गर्ने दोषीलाई यथाशिघ्र कारबाही नगरिए आन्दोलनमा चेतावनी पनि दिएको छ ।
सङ्घका अध्यक्ष महोम्मद निजामले जारी गरेको विज्ञप्तिमा सखुवाप्रसौनी गाउँपालिका कार्यालयबाट वडा नम्बर ६ स्थित आफ्नो घर फर्किदैं गर्दा बालुवा गाउँपालिका अध्यक्ष यादव र उहाँसँगै रहेका व्यक्तिहरुमाथि ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै दोषीहरुमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।
विज्ञप्तिमा अपराधिक प्रवृत्तिको प्रतिकार गर्न आफ्नो संगठन जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताइएको छ । विज्ञप्तिमा लाठी फटासहित घरेलु हातहतियार लिएर सुन्योजित तरिकाले कुटपिट गरी सवारीसाधनमा तोडफोड र आगजनी गर्ने, समाजमा भ्रम सृजना गर्न खोज्ने, द्वन्द्व सिर्जना गर्ने उस्काउनेहरु लोकतन्त्र र जनविरोधी तत्व भएको भन्दै उनीहरुल ेनियोजित रुपमा आक्रमण गरेको आरोप पनि लगाइएको छ ।
यस्ता व्यक्तिहरुलाई आवश्यक पर्दा संघठनले भौतिक ढङ्गले तह लगाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।



















