A picture taken from Rafah shows smoke billowing over Khan Yunis in the southern Gaza Strip during Israeli bombardment, as the war between Israel and the Palestinian militant group Hamas enters its 100th day on January 14, 2024 (Photo by AFP)

काठमाण्डौं,प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण जारी रहने बताएको छ ।हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सयको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये एक सय २१ जनालाई छाडिसकेको छ । यस्तै इजरायलको आक्रमणबाट गाजामा २३ हजार आठ सय ४३ जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका र छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् ।गाजामा ६० हजार मानिस घाइते भएका छन् । गाजामा ६० प्रतिशत अर्थात् तीन लाख ५९ हजार घर ध्वस्त भएका छन् । गाजामा रहेका झन्डै २३ लाख मानिसमध्ये झन्डै १९ लाख जना पूर्णरूपमा विस्थापित भएका छन् । झन्डै २२ लाख जनाले खाद्य सङ्कटको सामना गरिरहेका विश्व खाद्य कार्यक्रमले जनाएको छ ।गाजाका आधाभन्दा धेरै अस्पताल पूर्णरूपमा बन्द भएका छन् । खुला रहेका अस्पतालले पनि आधारभूतभन्दा बाहेक सेवा दिन सक्ने अवस्था छैन । गाजाका मानिसहरू अहिले युद्धको त्राससँगै भोक, रोग र शोकको सामना गरिरहेका छन् । उनीहरू बाँच्नै नसक्ने ठाउँमा बाँचिरहेका छन् ।यसैबीच संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासबीच चलिरहेको युद्धले मानवतामा दाग लागेको बताएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले निकाल्नुभएको विज्ञप्तिमा बितेको सय दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले मानवतामा दाग लागेको उल्लेख छ ।विज्ञप्तिमा अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको निन्दा गरिनुका साथै इजरायलले गरेको प्रत्याक्रमणमा मानवतामाथि दाग लागेको उल्लेख छ । गाजामा बालबालिकाको एउटा सिङ्गो पुस्ता आघातमा परेको र यो अवस्था ठिक हुन वर्षाैँ लाग्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

Leave a Reply