कुनै पनि देशका लागि नयाँ खोज र आविस्कार यसै पनि महत्वपूर्ण हुन्छ । बिश्व नै आज नयाँ नयाँ खोज र अनुसंधानमा अगाडि बढिरहेको छ ।बिश्वमा नै नयाँ खोजको बिकास भइरहेको बेला नेपालमा भने एक व्यक्ति आविस्कार केन्द्रलाई बलियो बनाउनुपर्ने माग गर्दै काठमाडौंमा सडकमा बास बस्न परेको छ । हुनत नेपालमा जसले जे गरेपनि सरकारी पक्षलाई खासै फरक पर्देन । अलि अगाडि त यसरी सडकमा बास बस्नेहरुलाई सरकारले नै लखट्ने गर्दथ्यो तर अहिले भने सक्दैन ।कतिपयले गणतन्त्रले जनतालाई के दिएको छ भन्दै गर्दा यस्तो कुरा चैं गणतन्त्रले दिएकै हो । अब, महावीर पुन अविस्कार केन्द्रका संयोजक पनि हुन् । उनी देशका लागि चहिने एक होनहार बिद्धान हुन् । सरकारले त उनलाई नै तलब दिएर प्रयोग गर्नु पर्दथ्यो तर नेपालमा उनले म आफैले पनि केह गर्छु भन्दा पनि पैसा नदिएर सडकमा आएर बस्न परेको छ ।अझै उनले वीरगन्जमा निकै रुग्न अवस्थामा रहेको कृषि औजार कारखानालाई संचालनमा ल्याएको भएपनि सरकारले पैसा नदिँदा उनी मारमा परेको देखिन्छ । नेपालमा उपचार सहित कार्यकर्ता पोस्ने नाउमा अबौं रुपैया सकिएको छ तर देश बनाउनेहरु आज सडकमा बास बस्नु बिडम्बनाको कुरा हो । सरकारले उनको माग तत्काल संबोधन गर्न आवश्यक छ ।



















