लोकतन्त्रको स्थापना भएसँगै नेपालमा हरेक जात, धर्म तथा लिंगको सवालमा राज्यका निकायहरुले बिभिन्न नीति बनाएको पाइन्छ । लोतन्त्रको उदय अगाडि सीमित व्यक्तिको पहुँचमा मात्रै रहेको राज्यको नीति लोकतन्त्रको स्थापनापछ भने बिकेन्द्रिकृत भएको छ । त्यसैले पनि लोकतन्त्रले दिएका कयौं राम्रा पक्ष मध्यको यो पनि एक हो ।

स्थानीय तहको निर्वाचन भएपछि पनि यसमा निरन्तरता दिने क्रम पनि जारी नै छ । स्थानीय सरकारहरुले पनि बिभिन्न क्षेत्रका लागि बजेट बिनियोजन गरेका छन् । यो बजेट बिनियोजन गर्नु आफैमा राम्रो पक्ष भएपनि त्यो लक्षित समूह वा समुदायले पाएका छन कि छैनन भन्ने कुरा चाही धेरै महत्वपपूर्ण हो । किन भने स्थानीय तहको स्थापनासंगै यही रकममा व्यापक चलखेल हुने गरेको कुरा बाहिर आएको छ ।

बाराको एक गाउँपालिकामा पनि यही समस्या देखिएको छ । लक्षित समूह वा समुदायका लागि भनेर पठाइएको रकममा चलखेल भएको छ । नागरिकहरुले रकम नपाएको गुनासो बढेको छ । यस्ताका स्थानीय सरकारहरुले ध्यान दिनु पर्दछ । यही ध्यान कम भएका कारणले पनि वा उनीहरुकै बद्मासीका कारण पनि समस्या भएको हुन सक्ने भएकाले लक्षित समुदायले पाउनुपर्ने रकममा चलखेल हुनु हुदैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here