यो देश बिगार्नेमा नेताको जति दोष छ अन्य व्यक्तिहरुको पनि उत्तिकै छ । नेताले देश बिगारे भनेर सर्वसाधारणले धेरै नै गाली गर्ने गरेको पाइएपनि देश बिगार्नेमा नेता सहित अन्य क्षेत्रका व्यक्तिहरु पनि उत्तिकै जिम्मेवार छन ।राजनीतिको आवरणमा देशलाई कंंगाल बनाउनतर्फ लाग्ने अर्का व्यक्तिहरु भनेको निर्माण व्यवसायीहरु पनि हुन । हुनत यसमा सबै दोषि पनि नहोलान् । केही निर्माण ब्यवसायीहरुले राम्रो काम पनि गरेका छन् तर केहीको भने काम देशका लागि घातक छ । ठेकेदारहरु राजनीतिमा सक्रिय रहेकाले उनीहरुलाई संरक्षण दिने गरिएकाले निर्माणको काम अलपत्र पारेपनि उनीहरुलाई माफी हुदै आइरहेको छ ।तर, पछिल्लो समय सरकारले ठेकेदार बिरुद्ध पनि एक्सन लिएको देखिएको छ । राजनीतिको आवरणमा निर्माणको क्षेत्रमा चरम लापारबाही गर्दै आइरहेका पर्साका एक ठेकेदार हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । उनी निर्माण क्षेत्रका एक बद्नाम पात्र हुन् । उनलाई हदैसम्मको कारबाही हुन आवश्यक छ ।उनले चरम भ्रष्टचार गरेको आरोप लागेकाले यो विषयमा पनि छानबिन पक्कै हुनेछ । तर, यस्ता व्यक्तिहरुकै कारण पनि आज देशमा विकास नभएको हो । सरकारले गरेको राम्रो कामको प्रशंसा गर्नुपर्दछ । राजनीतिक अँंखाले मात्र हेर्न हुन्न । सरकारले यस्तालाई समातेर कारबाही गरोस् जनताले साथ दिनेमा दुईमत रहने छैन ।


















