बरियारपुर, २५ साउन – प्रहरी÷प्रशासनले सीमा नाका बन्द गरेर निगरानी बढाएको दाबी गरेपनि बाहिर आएका केही समाचारले उसको दाबीलाई गलत साबित गरेको छ । बारामा फेरि एकपटक तस्करीको मल बरामद भएपछि स्थानीय प्रशासनको दावीमा शंका गर्न थालिएको छ ।

दुई दिनयतामात्र सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सिमा नाकाबाट ४६ बोरा युरियामल बरामद गरेको छ । तस्करीहरुले अवैध रुपमा नेपाल भित्र्याइरहेको अवस्थामा रसायनिक मल बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपि मट्टीअर्वाको टोलीले गत बिहिबार र शुक्रबार बाराको मटिअर्वा नाकाबाटसो परिमाणको मल बरामद गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नम्ब– १० को शनिचरा मठ र लिलकण्ठवा नाका हुँदै अवैध रुपमा नेपाल भित्र्याइएको मल बरामद गरिएको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीले बताउनुभयो ।

यसैबीच, बरामद गरेको मल भन्सार कार्यालय वीरगंज पठाइएको सशस्त्र प्रहरी बल १२ गण बाराका डिएसपी भरत कोइरालाले जानकारी दिनुभयो । बरामद गरिएको युरिया मलको मूल्य करिव २७ हजार ६ सय रुपैया रहेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply