देशमा लोकतन्त्र छ भन्दैमा जे पनि गर्ने छुट छैन अनि संघीयता आयो भन्दैमा पदका लागि जे पनि गर्नु संघीयतालाई कमजोर बनाउने खेल हो । बागमाती प्रदेशमा यस्तै भएको छ ।नेपाली काँग्रेसले पाएको बागमती प्रदेशको मुख्यमन्त्री पद उसैका कारण धरापमा परेको छ ।

जो बनेपनि नेपाली काँग्रेस हुने हो र सरकारमा गएपछि जनताको काम गर्नुपर्छभन्दा पनि कार्यकर्ताको काम गर्ने अनि सीमित व्यक्तिको वरपर रहने अनि अर्को पक्षले पदको दावी गर्ने ?
एमाले र काँग्रेसको सहमतिमा आलोपालो प्रदेशको शासन गर्ने विषयमा सहमति भएकै हो तर अहिले काँग्रेसका बीचमा पो लफडा देखिएको छ । काँग्रेसको संसदीय दलको कुरा फेर्ने पनि आन्तरिक कुरा होला तर यसो भन्दैमा यसको सिधा असर सरकार संचालनमा देखाइनुहुन्न तर बागमतीमा सिधा देखाइएको छ ।
जे सुकै भने पनि यो लोकतन्त्रको नाउँको भद्दा मजाक नै हो । आफ्नो स्वार्थका लागि प्रदेश नै प्रयोग गर्न खोज्नु र साझेदार दल रमिते बन्नु ठीक होइन । त्यसैले पनि यस्तो अभ्यास कसैका लागि पनि फाइदा जनक छैन । यस्तो अभ्यास स्वार्थका लागि हो र यसले लोकतन्त्र र संघीयता कमजोर बनाउने हुँदा यस्तो विषयमा सबै सचेत बन्न अवश्यक छ ।

















