पुष्पराज खतिवडा
मनहर्वा,तपस्वी भनिने रामबहादुर बम्जन पक्राउ परेसँगै जीतपुरसिमरा वडा नम्बर १८ डकाहाका हस्तबहादुर आलेको परिवारमा बेपत्ता छोरा सुरेशको अवस्था पत्ता लाग्ने आशा पलाएको छ ।तपस्वी बम्जनका अनुयायीको रुपमा रहेका ४० वर्षिय सुरेश २०७२ जेष्ठबाट बेपत्ता छन् । बम्जन पक्राउ परेपछि छोरा सुरेश पनि घर फर्किन आश जागेको उनका बुबा हर्कबहादुरले बताउनुभएको छ । कक्षा १२ को अध्ययन सकेर स्थानीय एक निजी विद्यालयमा अध्यापन गर्दैगर्दा सुरेश २०६२ साल जेष्ठको पछि लागेका िथए । बम्जन हलखोरिया जंगलमा तपस्यामा बसेपछि उनी पनि जागिर छाडेर अनुयायीका रुपमा संगै बस्न शुरु गरेका हुन ।तपस्या स्थलको जंगलबाट करिव ७ किमी टाढा दक्षिण– पश्चिम रहेको घरमा सुरेश त्यतिबेला समयसमयमा आउने पनि गरेका थिए । तर डिभिजन वन कार्यालय बारा सिमराले बम्जनको जंगलमा रहेको आश्रम भत्काएपछि बम्जनसंगै सुरेश पनि सिन्धुली, सर्लाही, सिन्धुपाल्चोकलगायतका विभिन्न स्थानमा चाहर्दै हिडेका थिए ।यसैक्रममा ०७२ बैशाख १२ को भुकम्पपछि घर आएर बसेका सुरेशलाई अर्का सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ निवासी जसबहादुर वाईवाले तपस्वीले बोलाएको भन्दै सिन्धुली आश्रमतर्फ लगेको बुबा हस्तबहादुरले बताउनुभएको छ । छोरालाई बोलाएर लैगेको र बेपत्ता पारेको भन्दै वाईवा विरुद्ध हस्तबहादुरले २०७५ पौष १३ मा प्रहरीमा जाहेरी समेत दिएका छन् । तर वाईवाले भने गुरु बम्जनले बोलाएपछि आफूले सुरेशलाई सिन्धुली जाने क्रममा मोटरसाईकलमा राखेर पूर्वपश्चिम राजमार्गको पिलुवा चोकसम्म मात्रै ल्याएर छोडेको बताएका छन ।‘त्यस समयमा गुरु सर्लाहीमा हुनुहुन्थो, वाइवाले भनेका छन, पछि बुझ्दा सुरेश आश्रम पुगेको कुरासम्म जानकारी छ, म काठमाण्डौ तिर बस्न थाले । त्यसपछि सुरेशको अवस्था बारे मलाई पनि केही थाहा भएन ।’
‘छोरा हराएको ८ वर्ष बित्नै लागेको छ । छोरालाईसंगै लगेर बेपत्ता पारिएको छ । उ जिउँदो भए सास, मरेको भए लास चाहियो ।’ बेपत्ता सुरेशका बुवाले भन्नुभयो, पक्राउ परेका बम्जन र उनका सहयोगी वाईवा दुबैमाथि अनुन्धान गरेर छोराको अवस्था बारे प्रहरीले जानकारी गराउनुपर्छ ।’छोराको खोजी र पर्खाईमा धेरै दुःख पाएको बताउदै सुरेशका ६७ वर्षिया पिता हस्तबहादुरले बम्जन पक्राउ परेपछि छोराको अवस्था पनि पत्ता लाग्ने आशा पलाएको सुनाउनुभएको छ ।
काठमाण्डौ बुढानिलकण्ठबाट मंगलवार पक्राउ परेका बम्जन विरुद्ध अनुयायी बेपत्ता, आनीमाथि बलात्कार र हत्या गरेको आरोप छ । उनीको घरबाट प्रहरीले १७ देशका मुद्रासहित ३ करोड ४ लाखभन्दा बढी रकम समेत बरामद गरेको जनाएको छ ।

बम्जनलाई थुनामा पठाउन अदालतको आदेश
सर्लाही,तपस्वी भनिने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीवार जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजालासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको हो ।वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल र प्रतिवादीको तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, महनिधि सेढाई, अमृत कुमार लामा र दिलिपकुमार झाले बहस गर्नुभएको थियो ।बम्जनमाथि विभिन्न जिल्लामा आश्रम सञ्चालन गरी आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या गरेको आरोप लागेको छ । बम्जनको आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारेको मुद्दा छ । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा सिन्धुलीको आश्रमबाट बेपत्ता भएका छन् ।बलात्कार र हत्या गरेको आरोपमा बम्जनमाथि सर्लाही जिल्ला अदालतबाट २०७७ असार २१ गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए । उनलाई प्रहरीले चार वर्षपछि आफ्नै घरबाट अस्ति पक्राउ परेका थियो । पक्राउ परेको दुई दिनपछि बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा पेस गरेको थियो ।बिहीवार अदालतभित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायी तथा सर्मथक भेला भएका थिए । अदालतभित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here