आजको युग विज्ञानको युग हो । विश्वको कुनै पनि कुनामा के भइरहेको छ नेपालीहरुले जुनसुकै कुनामा रहेर देख्न सकिने जमाना हो यो । त्यसैले पनि विश्वलाई साँघुरो बनाइरहेको अवस्थामा विकासको सवालमा पनि हरेक राज्य अब अगाडि बढ्नुको बिकल्प छैन । राज्यले आफ्नो श्रोत साधनको प्रयोग गरेर भएपनि नागरिकहरुलाई सुविधासम्पन्न बनाउन आवश्यक छ ।
नागरिकहरुको न्यूनतम् चाहना भनेको गाँस, बाँस र कपास सहित विद्युत र खानेपानी पनि एक अति आवश्यक कुरा हो । खानेपानी सहित विद्युत सबै नागरिकहरुको घरमा पुग्नु पर्दछ । आजको युगमा नागरिकहरु बत्तिको अभावमा अन्धकारमा बस्नु भनेको पीडाको कुरा हो र स्थानीय स्तरमा भएका सरकारहरुको पनि लापारबाही हो ।
बारामा अझैपनि केही बस्तीहरु विद्युुत सुविधाबाट बंचित छन् । त्यसो त उनीहरु यो वा त्यो बाहनामा अन्धकारमा बस्न बाध्य छन् । बाराको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि कुरा आएको छ । बाराका ग्रामीण भेगमा भएका विद्युतीकरण पनि व्यवस्थित छैनन् । कम भोल्टेजका कारण नागवरिकहरुले सास्ति झेल्न परेको छ । त्यसैले गुणस्तरीय विद्युुतीकरणका लागि ध्यान जान आवश्यक छ ।














