आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा सोमवारदेखि स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलब सहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रन्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरुले सोमवार ११ः४५ बजे अस्पतालको मुल ढोकामा ताला लगाएका हुन् ।तलब भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्व भत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् ।


















