सिमरा,बाराको हलखोरीया साझेदारी वन व्यवस्थापन समिति डुमरवानाको अध्यक्ष पदमा विकल्प भट्टराई विजयी हुनुभएको छ ।नयाँ कार्यसमिति चयनको लागि शनिवार भएको मतदानमा भट्टराईले २२७ प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको हो । भट्टराईका प्रतिस्पर्धी ध्रुव यादवले ११६ मत मात्रै प्राप्त गर्नुभएको छ ।हलखोरिया साझेदारीको शुक्रवार कलैया उमपहानगरपालिकाको सिसवामहेशपुरमा भएको छैठौंं साधारण सभामा नयाँ कार्यसमिति चयनमा सहमति हुन नसकेपछि मतदान भएको थियो । १ हजार ९ सय ३८ दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको साझेदारी वनमा १७ हजार २ सय ६८ घरधुरी परिवार आवद्ध रहेका छन् ।२०६० सालमा स्थापना भएको हलखोरियाले हाल विभिन्न पालिकाका ५२ वटा वडालाई आफ्नो कार्य क्षेत्र बनाएको छ । कलैया उपमहानगरका २७ वडा, जीतपुरसिमराका ११, फेटा गाउँ पालिकाको ३, पर्सौनी गाउँपालिकाको ३ र सुवर्ण गाउँपालिकाको १ र देवतालको ७ वटा वडालाई समितिमा समेटिएको छ ।

Leave a Reply