बिदुर खडका
डुमरवाना,‘हरियो वन नेपालको धन’ भनेर देशभरि कहलिएको तराईको जंगलमा पर्याप्त मात्रामा सालको काठ उत्पादन हुने भए पनिउपभोक्ता भने भौतिक निर्माणदेखि सबै काममा स्टिल र फलामबाट निर्मित सामानहरु प्रयोग गर्न बाध्यछन ।
बिदेशबाट वार्षिक १६ करोड मूल्य बराबरको सालको काठ आयात गरिरहेको नेपालले आफ्नै देशमा खेरगइरहेको सालकोरुख जोगाएर प्रयोगमा ल्याउन नसक्नु विडम्बना नै भएको जानिफकारहरुको भनाइ छ ।
बिगत १६ वर्षदेखि सामुदायिक वनसमितिमा काम गर्दै आउनुभएका श्याम सुवेदीले गलत सरकारी नीतिका कारण आफ्नै वन क्षेत्रमा पाइने सालको काठ भने प्रयोगविहिन अवस्थामा खेर गइरहेको बताउनुभयो ।
विदेशी प्रजातिको सालको काठआयातबाट पाइने कमिशनको कारण स्थानीय प्रजातिको सालकोबिरुवा संरक्षण र उपभोग गर्न वन कर्मचारीहरु बाधक रहेको सुवेदीको ठहर छ ।
सालको रुख व्यवस्थापन गर्न विज्ञ र वन कर्मचारीले ध्यान नदिएकै कारण जनताले सास्तिखेप्नु परेको सिमराका सामुदायिक वन उपभोक्ता समितिका कुमारनाथ त्रिपाठी बताउनुहुन्छ ।
जिल्लाको उत्तरी क्षेत्रको जंगलमा एसिया महादेशकै उत्तम प्रजातिको सालको रुखहरु पाइने भएकोले वन संम्बन्धी केहि नियमहरु संशोधन गरेर नेपालले विदेशमा सालको काठ निर्यात गर्नुपर्ने त्रिपाठीको भनाइ छ ।