नेपालमा अझै पनि धर्मको नाउँमा मानिसहरुलाई ठग्न सकिन्छ भन्ने उदाहरणका पात्र हुन् रामबहादुर बम्जन ।
बाराको निजगढ नगरपालिकाका रतनपुरका रामबहादुरले धर्मको नाउँमा गतिलो धन्दा गरेको कुरा त मंगलवार अनि बुधजार नै स्पष्ट भइसकेको छ । मंगलवार उनलाई प्रहरीले पक्राउ गरेको थियो अनि बुधवार उनको घरबाट प्रहरीले बरामद गरेको पैसाको बिटोले सबैलाई आश्चार्यमा मात्र पारेको छैन वास्तवमा धर्मको नाउँमा रुपैँया कमाउन सजिलो रहिछ भन्ने पनि देखाइदिएको छ ।आफूलाई कथित बुद्धको उपमा दिएर बारामा जंगल फडानी गरेर बसेका यी रामले हराम लीला मच्चाइ रहेका थिए । २०७१ सालतिर यिनले यस्तो हर्कत गरेको कुरा कृपा दैनिक पत्रिकाले ऊ बेलामा पनि पटक पटक समाचार लेखेकै थियो । बम्जनले राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रभित्र मच्चाएको हर्कतका विषयमा समाचार लेख्दा कृपा दैनिकका परिवारले धम्की झेल्न परे पनि सत्यको पक्षमा वकालत ऊ बेलामा नै गरिएको हो ।
कथित समर्थकको नाउमा भएको अराजक हर्कतको फर्दाफास गर्नेक्रममा आएका चुतौतीको सामाना गरेकै हो । प्रहरीले दशकपछाडि भएपनि रामबहादुरलाई पक्राउ गरेको छ र उनी ढोंगी रहेछन् भन्ने कुरा प्रमाणित नै भइसकेको छ । अझ बम्जनको साथबाट बरामद पैसा सहित बिलासीका सामानले उनको मुकुण्डो समेत उतारिदिएको छ ।
बम्जनको घटनाबाट सबैले अन्धभक्त भएर कुनै कथित बाबाहरुको पछाडि लाग्न हुन्न भन्ने सन्देश पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here