निजगढ, ७ असोज– उद्योगमा बम विष्पोटन गराएर रकम असुल्ने समुहका अर्का एक फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको परवानीपुरस्थित एक इटा उद्योगीलाई धम्काएर मागेअनुसारको रकम नपाएपछि इटा उद्योगमा बम विष्पोट गराएर १ वर्षअघिदेखि फरार रहेका परवानीपुर गाउँपालिका वडा नम्बर– १ का वर्ष ३६ को कपिलदेव महतोलाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।

घटनापछि भारतमा फरार भएका महतो केही दिनअघि घर आएको भन्ने सुचनाको आधारमा निगरानी बढाएको इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय परवानीपुरको टोलीले घर घेराहाली महतोलाई राति १० बजे नियन्त्रणमा लिएको हो । सोही घटनामा संलग्न भइ पक्राउ परेका थप ४ जना आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत बाराको आदेशअनुसार हाल पुर्पक्षको लागि वीरगंज कारागारमा छन ।

जिल्लाको परवानीपुर गाँउपालिका वडा नं.४ स्थित इटा उद्योगमा २०७६ साल कार्तिक ४ गते बम विष्पोट गराएर उद्योग संचालकलाई धम्काएर मागेको ३ लाख रुपैया फिरौति बुझन जाने क्रममा प्रहरीले सोही ठाउँ बस्ने बस्ने वर्ष ३१ को प्रमोद साह गोढसहित वर्ष २० का देवशंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २० का वर्ष २० को अच्छेलाल गोसाई र जिल्लाको फेटा गाँउपालिका वडा नम्बर– ३ बस्ने वर्ष ३९ को दिपेन्द्रकुमार धानुकलाई २०७६ साल मंसिर २५ गते परवानीपुरको चैनपुरबाट पक्राउ गरेको थियो ।

सोही समुहका महतो भने भाग्न सफल भएका थिए । पटकपटक धम्काएर १५ लाख फिरौति मागेकोमा नपाएपछि उनीहरुले उद्योगमा बम विष्पोट गराएर व्यवसायीसंग ३ लाख रुपैया मागेको र रकम बुझन जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रकम बुझाउन जाने क्रममा व्यवसायीले घटना बारे जानकारी गराएपछि संगै पुगेको प्रहरीले पक्राउ गरी आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धानको सम्पूर्ण कार्य पूरा गरी पेस गरेकोमा जिल्ला अदालत बाराको २०७६ साल माघ २७ गतेको आदेशअनुसार पुर्पक्षको लागि उनीहरुलाई कारागार कार्यालय वीरगंज चलान गरिएको हो ।

सोही घटनाका फरार प्रतिवादी महतोलाई पनि नियन्त्रणमा लिएर थप कारवाहीको लागि बुधबार जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply