वीरगञ्ज,‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ ।सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले उजुरी दिएका हुन् । सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ । सोही नागरिकता नम्बर सिंहले २०४५ साल वैशाख ६ गते जारी भएको नागरिकतामा उल्लेख छ । किशोरीको नागरिकतामा आमाको नाम भने खुलाइएको छैन ।‘नागरिकता ऐन विरुद्ध आपराधिक कार्य गरेकोले उजुरी उपर अनुसन्धान गरी रुविना श्रेष्ठले लिनु भएको नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गरी पाऊँ’ जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको उजुरीमा उल्लेख छ ।रुविना श्रेष्ठले विवादित नागरिकताका आधारमा स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानी निकाल्न सफल भएको देखिएको उजुरीमा उल्लेख छ । सिंहले नक्कली बावु बनेर नागरिकता प्राप्त गरेकी किशोरी हाल अध्ययनको सिलसिलामा अष्ट्रेलिया रहेको बताइएको छ ।उजुरी दिन जाने क्रममा उनीहरूले मेयरविरुद्ध नाराबाजी समेत गरेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले महानगर प्रमुख विरुद्ध सामूहिक उजुरी आएकोले २०७५ सालमा रुविना श्रेष्ठलाई के आधारमा नागरिकता जारी गरिएको थियो, सो कागजपत्र खोज्ने काम भइरहेको जानकारी दिनुभयो । दोस्रो पटक प्रतिलिपि नागरिकता २०७६ साल फागुन ८ गते विनयकुमार श्रीवास्तवले जारी गर्नुभएको छ । श्रीवास्तव अहिले पनि जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटमै कार्यरत हुुनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले केही दिनभित्र महानगरप्रमुख सिंहलाई बोलाएर सोधीखोजी गर्ने जानकारी दिनुभयो । महानगरको हिउँदे नगरसभा चलिरहेकोले तत्काल नबोलाइएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here