२८ फागुन २०७८
गाउँपालिका अध्यक्ष सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा स्वागत गर्न पार्टी अध्यक्ष ओली आज बारा आउँदै हुनुहुन्छ ।

एमाले बाराले आर्दश कोतवात २ चिउटाहमा आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली बारा आउन लाग्नु भएको हो । हेलीकपटर मार्फत ओली अपराहन्न ठिक १ः०० बजे कार्यक्रम स्थल आईपुग्ने कार्यक्रम रहेको एमाले बाराका अध्यक्ष विनोद प्रसाद साहले जानकारी दिनु भयो ।

अध्यक्ष ओलिले विशेष कार्यक्रमका विच जसपाबाट निर्वाचित जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष सहित हजारौं नेता कार्यकर्ता एमालेमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले बाराका अध्यक्ष साहले जानकारी दिनु भयो ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको एमाले बाराका अध्यक्ष साहले जानकारी गराउनु भयो ।

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको वहाँको भनाई छ । कार्यक्रममा लाखौं कार्यकर्ताको उपस्थीति रहने भएकाले विशेष ब्यवस्थापन गरिएको छ । खानेपानी , स्वास्थ्य परिक्षण, शौचालयको ठाउँठाउँमा ब्यवस्था गरिएको छ ।

यस्तै कार्यक्रममा आउने नेता कार्यकर्ताहरुको स्वागतमा एकदर्जन ठाउँहरुमा स्वागतद्वार बनाईएको जिल्ला अध्यक्ष साहले जानकारी दिनु भयो ।

Leave a Reply