राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाको पोखरिया नगरपालिका– ३ स्थित बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरिया नगर कमिटीद्वारा आयोजना गरिएको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पोखरिया नगरपालिका, कालिकामाई गाउँपालिका, जगर्नाथपुर गाउँपालिका तथा धोबीनी गाउँपालिका लगायतका विभिन्न स्थानका विभिन्न राजनीतिक दलमा आबद्ध मतदाता तथा नेताकार्यकर्ताहरूले आ–आफ्नो पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा विशेष गरी युवा, महिला, पुरुष, किशोर–किशोरी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, निर्वाचित जनप्रतिनिधि, कार्यपालिका सदस्य, अधिवक्ता लगायत नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।नवप्रवेशीहरूमा पोखरिया नगरपालिकाकी कार्यपालिका सदस्य चुनी देवी विन, पोखरिया नगरपालिकाका कानुनी सल्लाहकार हरिशंकर प्रसाद चौहान, कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, योगेन्द्र प्रसाद कुर्मी, खलिल खान, किसान पटेल, महमुद मियाँ, कनाई साह कानु, सन्तोष ठाकुर छन ।

त्यसैगरी जितेन्द्र प्रसाद, अर्मिका चौहान, पारस प्रसाद चौरसिया, अनिरुद्ध माझी, नरेस माझी, सुकट माझी, गोपाल पासवान, रामनाथ माझी, रादेव माझी, मनेजर मियाँ, राजेन्द्र मुखिया विन, विजय मुखिया विन, सारदा देवी माझी, लालमुनी देवी माझी, चमेली देवी माझी लगायत सैकडौँ व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर ४ मा पछिल्लो समय विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको लहर नै लागेको देखिएको छ । पार्टीमा प्रवेश गर्नेहरूले “हाम्रा बाजे, बुवा र हामी तीन पुस्ताले एउटै व्यक्तिलाई दिँदै आएको मत खेर गयो, अब परिवर्तन आवश्यक छ र परिवर्तन गरेरै छाड्छौँ” भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदीप कुमार पटेलको सभापतित्वमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमोद कुमार सहनी, रमन श्रीवास्तव, प्रसुराम साह कानु, सोनालाल पटेल, मनोज प्रसाद कुर्मी, जितेन्द्र मिश्रा, टेकबहादुर साक्या, प्रियंका पटेल, सुरेश यादव, लालन पटेल, दिनेश पटेल, मनु मुखिया विन, विनय प्रसाद साह, इमतियाज आलम लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

Leave a Reply