वीरगन्ज , नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल निर्वाचित भएका छन्। महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनमा भूषण यादव उपाध्यक्ष पदमा र विजय चौहान सचिव पदमा निर्वाचित भएका छन्।

नेपाल पत्रकार महासङ्घको देशभर एकैसाथ भएको निर्वाचनमा पर्साका पत्रकारहरूले उत्साहका साथ सहभागिता जनाउँदै नयाँ नेतृत्व चयन गरेका थिए।महासङ्घको नयाँ कार्यसमितिमा निर्वाचित भएका खनालले पर्साको पत्रकारिता क्षेत्रको विकास, स्वतन्त्रता र पत्रकारहरूको हकहितका लागि प्रतिबद्धतासहित नेतृत्व गर्ने बताएको छ।निर्वाचनमा पर्साका पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको र लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गरिएकोमा खुशी व्यक्त गरिएको छ। पत्रकारिता क्षेत्रको विकासका लागि सबै निर्वाचित पदाधिकारीहरू मिलेर अघि बढ्ने अपेक्षा गरिएको छ। महिला उपाध्यक्षमा निलिमा र्पाडेल निर्वाचित हुनु भएको छ ।

Leave a Reply