मनोज शाहा
जीतपुर,नेकपा एमाले निकट युवा सङ्घका कार्यकर्ताहरुले परवानीपुरमा सरसफाइ कार्यक्रम गरेका छन ।हिन्दुहरूको महापर्वको रूपमा छठ पूजा मान्ने गरिन्छ । छठ पूजाको पूर्णिको अवसरको उपलक्ष्यमा गाउँमा मेला लागेको थियो । त्यो मेलामा धेरै प्रकारका फोहरहरु भाएको थियो । त्यो मध्यनजर गरेर युवा संघले सम्पूर्ण युवाको साथ सहयोग लिएर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

गत कार्तिक २३–२४ गते छ्ठ पर्व उपलक्ष्यमा रामपुर, गौनहरी र बुनियाद गाउँको बीचमा पर्ने हिराती–पानगाछी चौरमा मेला आयोजना गरिएको थियो । सो मेलाबाट उक्त स्थल निकै फोहर भएको थियो । शुक्रवार राष्ट्रिय युवा संघ नेपाल परवानीपुर गाउँपालिका कमिटीको आयोजनामा युवाहरुले सरसफाइ गरेका हुन ।सरसफाइ कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव ई मोबिन आलम, बारा क्षेत्र नम्बर ४ का अध्यक्ष ध्रुव यादव, गाउँपालिका अध्यक्ष राम क्षत्री पटेल, अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव उमेश गुप्ता, क्षेत्र नम्बर ४ ख का सचिव गजेन्द्र पटेल, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य राम यादव, कार्यपालिका सदस्य जगदीश राम, जगदीश साहलगायतका स्थानीय नेता र युवाहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply