जीतपुर,कर छलीको आरोपमा बाराका तिन वटा फर्मविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले भ्याट र आयकर छली गरेको आरोपमा बाराका ३ वटा व्यवसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको हो ।

बाराको उज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, जितपुर सिमराका दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल र टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौलालाई विभागले मुख्य प्रतिवादी बनाउदै मुद्दा दर्ता गरेको हो ।

नक्कली बिजकको प्रयोग गरी कर छली गरेर राज्यलाई हानि नोक्सानी पु¥याएको अनुसन्धानबाट खुलेको विभागले आफ्नो अभियोगपत्रमा उल्लेख गरेको छ ।

तीन वटा फर्महरुलाई कुल २९ करोड ७७ लाख रुपैयाँ विगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here