कलैया,कोभिड १९ संक्रमणका कारण ३ महिनादेखि बन्द रहेका बाराको कलैया उपमहानगरपालिकाका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार सोमबारदेखि विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि गत वैशाख १३ गतेदेखि विद्यालयहरु बन्द गरिएको थियो । सोमबारदेखि कलैया उपमहानगर क्षेत्रभित्रका विद्यालयहरु सञ्चालनमा आएको कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारीले जानकारी दिनुभयो ।

कक्षा ४ देखि कक्षा १२ सम्मको मात्रै पठपनाठन सुचारु गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले बताउनुभयो । बालविकास कक्षादेखि कक्षा ३ सम्मको कक्षा भने तत्कालका लागि बन्द नै राखिएको वर्णवालले जानकारी दिनुभयो ।

कलैया उपहमनगरपालिकामा ७२ वटा सामुदायिक विद्यालय छन् भने ४० वटा निजी तथा आवासीय विद्यालय संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here