सिमरा,बाराको सिमरामा भएको सवारी दुर्घटनामा अनेरास्ववियु क्रान्तिकारी बाराका सहसचिव शशिकान्त चौधरीको मृत्यु भएको छ ।

वीरगन्ज पथलैया सडकखण्डको सिमरास्थित हुलास स्टिलअगाडि शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी जीतरपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनी निवासी शशिकान्तको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सुनिल चौधरी गम्भिर घाइते भएका छन् । घाइते सुनिलको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here