सिकिन्द्र साह
सिम्रौनगढ,काठमाण्डौंबाट आएको विद्यार्थीहरुको एउटा टोलीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका विभिन्न क्षेत्रको अनुसन्धानमूलक अवलोकन भ्रमण गरेको छ ।स्कुल अफ ल र मधेस विश्व विद्यालय वीरगञ्जका ३९ जना विद्यार्थीहरुको संयुक्त टोलीले सिम्रौनगढको देवापुर टेटा, कनकपुर, खजानी, ईटवाल, भगवानपुरलगायत ग्रामीण भेगमा पुगेर भाषा, संस्कृति र सामाजिक अवस्थाबारेमा अध्ययन गरेको हो ।मधेस इन्थोग्राफि रिसर्च प्रोग्राम अन्तर्गत १० दिने भ्रमणको क्रममा विद्यार्थीहरुले सो क्षेत्रको अवस्था बारेमा अध्ययन गरेका हुन ।स्कुल अफ लका कार्यकारी निर्देशक तथा पूर्वन्यायधिवक्ता युवराज संग्रौलाको नेतृत्वमा सिम्रौनगढ क्षेत्रको अवलोकन गरिएको हो । सो क्रममा कार्यकारी निर्देशक तथा पूर्वन्यायधिवक्ता संग्रौलाले मधेस प्रदेसमा शिक्षाको स्तर निकै कमजोर भएको बताउनुभएको थियो ।उहाँले विद्यालयहरुमा हुने गरेको राजनीतिकरण र पार्टीगत आधारमा गरिने शिक्षक भर्नाले पनि मधेसमा शिक्षाको स्तर खस्किएको बताउनुभयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासमा उपेक्षा गरेको र किसानको उत्पादनमा बिचौलिया हावी हुदैआएको पनि उहाँले बताउनुभएको थियो । बिचौलियाका कारण किसानहरुले उत्पादनको उचित मूल्य प्राप्त गर्न नसकेको पनि बताउनुभयो ।
संघीयता राम्रो व्यवस्था भएको भन्दै उहाँले अहिले नेपालमा यो व्यवस्थाले नेतालाई मात्र फाइदा पुगेको देखिएको पनि बताउनुभयो ।

Leave a Reply