राजन कुमार बानिया
पोखरिया, १२ बैशाख । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन नेपाल सरकारले गरेको लकडाउनको समयमा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउनेहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार पर्साको धोबिनी गाउँपालिकाले शुक्रबार राहत समाग्री खाद्यान्न बितरण गरेका छन् । राहत खाद्यान्न समाग्री धोबिनी गाउँपालिकाको वडा नम्बर ४ लंगडीमा तिन सय ७० जनालाई बितरण गरेका छन् । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको नेतृत्वमा राहत समाग्री खाद्यान्न बितरण गरिएको छ ।

 

 

अध्यक्ष कुर्मीले भने नेपाल सरकारले गरेको लकडाउनमा धोबिनी गाउँपालिकाको जनताहरुलाई आफ्नो घरमा बस्न आग्रह गर्दै तपाईंहरुको घर घरमा गाउँपालिकाले राहत समाग्री खाद्यान्न लिएर आउदै छ । धोबिनी गाउँपालिकाको जनताहरुलाई भोकभोकै बस्न दिनौ सबै जनाको घरमा चुलो बल्ने व्यवस्था लिएर आएको बताए । गाउँपालिकामा रहेको गरिब , बिपन्न, दलित , मजदुर गरि खाने कमाउने जनताहरुलाई राहत समाग्री खाद्यान्न बितरण गरिने बताए । गाउँपालिकाको वडा नम्बर ४ लंगडीमा ३ सय ७० जनालाई बितरण गरिएको र बाकी शनिबार बितरण गरिने वडा अध्यक्ष मजिद मियाँले जानकारी दिए ।

 

 

धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चौधरीले भने गाउँपालिकाले प्रत्येक वडाहरुमा सर्वदलीय बैठक बसी सर्वदलीयहरुबाट बिपन्न , गरिब, दलितहरुको पहिचान गरि धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा नामावली आएकोमा शुक्रबार उनिहरुलाई गाउँपालिकाका तर्फबाट एक बोरा चामल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको छ । खाद्यान्न बितरणको बेला राहत लिनेहरुलाई एक मिटरको दुरी बनाएर खाद्यान्न बितरण गराएको थियो ।

 

 

 

कति ठाउँमा राहत लिन आउने महिलाहरुको घरमा आफ्नो गाउँपालिकाको चौकीदार लगाएर घर सम्म पुर्याएको जनाएका छन् । राहत खाद्यान्न समाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, वडा अध्यक्ष मजिद मियाँ , समाजबादी पार्टी नेपालका प्रतिनिधी दिभाकर पटेल, नेकपाका हरि पटेल, वडा सचिव अजय साह, समाजिक बिकास प्रमुख प्रदिप गुप्ता, मंसुर खां, केशराज प्रसाद कुर्मी, स्वास्थ्य संयोजक संजय यादव, कृषि प्रमुख रबिन्द्र शर्मा, शिवम पाण्डे , रामलोचन साह, ईलाका प्रहरी कार्यालय लंगडीका प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । शनिबार गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुरमा बितरण हुने अध्यक्ष कुर्मीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here