पुष्पराज खतिवडा
मनहर्वा,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनामा रहेका दुईवटा सहकारी संस्थामा मंगलवार राती चोरी भएको छ ।प्रसौनास्थित साना किसान कृषि सहकारी संस्था र निर्मल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट चोरहरुको समूहले करिब ६ लाख रुपैंया नगद र कार्यालय सामान चोरी गरेको प्रहरीले जनाएको छ ।साना किसान कृषि सहकारी संस्थाबाट भल्ट फोरेर ५ लाख ४५ हजार ९१५ नगद, सिसीटिभी क्यामराको डिभाईस् र निर्मल बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा रहेको स्टील दराज फोडेर ४५ हजार चोरी गरेका हुन ।चोर समूहले कार्यालयका ढोका, कोठा, पैसा राख्ने भल्ट फोडेर नगद चोरी गरेर लगेका छन् । सहकारीको कार्यालयमा जडित सिसिटिभी क्यामराका डिभाईस, मनिटर समेत चोरी लगेको पाइएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा बुधवार विहान कार्यालय खुल्ने समयमा जानकारी प्राप्त भएपछि पुगेको प्रहरीले घटनाको सम्बन्धमा अनुन्धान गरिरहेको उहाँले बताउनुभयो ।पछिल्लो समय जिल्लामा चोरीका घटना बढेका छन् । चोर समुहले स्थानीय सहकारी लगायतका वित्तीय संस्थालाई निशाना बनाउँदा श्रृखलावद्ध चोरीका घटना भइरहेका छन् ।एक वर्षको अवधिमा जिल्लामा एक दर्जन सहकारी तथा बैंक, बित्तीय संस्थाका कार्यालयहरुमा चोरी भएका घटना बाहिर आएका छन् ।

Leave a Reply