काठमाण्डौ – फ्रान्समा लगातार पाँचौ रात पनि हिंसात्मक प्रदर्शन भएको छ ।गएको मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको ज्यान गएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि जारी रहेको बीबीसीले जनाएको छ ।पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशैभर फैलिएको छ । प्रदर्शनकारीले घातक हतियारसमेत प्रयोग गर्न थालेका छन् ।ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट भएका छन् । ४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ ।सरकारले हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर रहेको खबरमा उल्लेख छ ।प्रहरीले अहिलेसम्म २५ सय जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् ।कतिपय ठाउँमा कर्फ्यु लगाएको भए पनि त्यसको उल्लङघन भइरहेको छ ।फ्रान्सको राजधानी पेरिसमा गएको मंगलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ ।नाहेल एमलाई मंगलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको आजदेखि हुने भनिएको जर्मनी भ्रमण स्थगित भएको छ ।फ्रान्सबाट २३ वर्षपछि जर्मनीमा राष्ट्रपतिको राजकीय भ्रमण हुने तालिका रहेकोमा देशभर हिंसा मच्चिन थालेपछि भ्रमण स्थगित भएको हो ।लामो समयपछि हुन लागेको भ्रमण स्थगित गर्नुपरेकोमा दुवै देशका राष्ट्रपतिले दुःख व्यक्त गरेका छन


















