वीरगन्ज,प्रहरीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थित भन्सार रोडबाटसशस्त्र प्रहरीले एउटा भारतीय स्कार्पियो जीप नियन्त्रणमा लिएको छ ।

एक दिनको लागिमात्रै प्रज्ञापन पत्र बनाएर नेपाल छिरेको सो जीप बिओपी वीरगन्जबाट खटिएको गस्ति टोलीले सोमवार नियन्त्रणमा लिएको हो । बिआर ३० एइ ९१८९ नम्बरको स्कर्पियो जीपका चालक प्रहरीलाई देखेर फरार बनेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा गत असार ३२ गते एक दिनको लागि मात्रै अनुमति लिएर गौर भन्सार कार्यालयबाट नेपाल छिरेको सो जीप नेपालमा अबैध रुपमा भाडामा चलाइएको पाइएको प्रहरीले बताएको छ ।

करिव ३५ लाख मूल्य बराबरको उक्त गाडी बरामद गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सूचना अधिकारी सन्तोषकुमार बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply