पुष्पराज खतिवडा
बारा,साना किसान कृषि सहकारी संस्थाको डुमरवाना र फत्तेपुरको कार्यालयमा बिहीवार राती चोरी भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित फत्तेपुरमा रहेको सहकारीबाट १२ लाख र जीतपुरसिमरा १५ डुमरवानामा रहेको कृषि सहकारीको कार्यालयबाट ६५ हजार नगद चोरी भएको हो । कार्यालयको ताला फोडेरभित्र प्रवेश गरेको चोरहरुको समूहले भल्ट फुटाएर नगद चोरी गरेका हुन् । चोर समूहले दुबै कार्यालयमा राखिएको सिसिटिभी क्यामराको हार्डडिस्क समेत लगेका छन् ।
चोरी भएका यी कार्यालय करिब दुई किलोमिटरको दुरीमा छन् । दुबै कार्यालयमा भएको चोरीको प्रकृति पनि एउटै छ ।
फत्तेपुरमा रहेको सहकारी कार्यालयको ५० मिटर पूर्वतर्फ प्रहरी चौकी रहेको भएपनि चोरहरुले सहकारीबाट १२ लाख चोरेर फरार भएका हुन । चोरीका दुबै घटनामा संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन् । घटनापछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।