आरके राजन
सिम्रौनगढ,लोपोन्मुख हुँदै गरेको तीन वटा चरासहित दुई जना नेपालीलाई भारतीय सुरक्षाकर्मी एसएसबीको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्ने नेपालीहरुमा रौतहट जिल्ला जोकहा गाउँ निवासी शेख शरिफ र रौतहटकै जटहरा गाउँ निवासी शेख भोला रहेको एसएसबी २० बि वटालियन भङहा क्याम्पका इन्सपेक्टर सर्वेश कुमारले जानकारी दिनुभएको छ ।टरसाइकलको डिकीभित्र लुकाएर भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा सीमा क्षेत्रमा भएको चेकजाँचको क्रममा उक्त चरासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । मोटरसाइकलको डिकीमा राखिएको अवस्थामा एउटा निलकण्ठ २ वटा बकुल्लासहित तीन वटा मरेको चरा फेला परेको इन्सपेक्टर कुमारले बताउनुभएको छ । निलकंठ चरा भारतमा लोपोन्मुख प्रजातिको चरा मानिन्छ । सो चरालाई मार्न भारत सरकारले प्रतिबन्ध लगाएको छ ।पक्राउ परेका नेपाली नागरिकलाई मोटरसाइकल र चरासहित रक्सौलस्थित वन विभागमा बुझाइएको भडहा क्याम्पका इन्सपेक्टर सिंहले जानकारी दिनुभयो ।

















