पुष्पराज खतिवडा

मनहर्वा,निजगढ नगरपालिका वडा नम्बर ११ मा बाघको आक्रमणबाट आइतवार श्रीमान÷श्रीमती घाइते बनेकी छन । घाइते हुनेमा स्थानीय अन्दाजी वर्ष ४० का दिलबहादुर रुम्बा र रुम्बाकी श्रीमती वर्ष ३८ की माइलीमाया रहेकी छिन ।

गाउँ नजिकैको तपोभूमि सामुदायिक वन उपभोक्ता समितिको जंगलमा बाख्रा चराउन गएको बेला उनीहरुलाई आइतवार दिउसो डेढ बजे बाघले आक्रमण गरेर घाइते तुल्याएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले बताउनुभयो ।

सुरुमा श्रीमतीलाई आक्रमण गरेको बाघले भाग्ने क्रममा श्रीमानलाई पनि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट श्रीमानलाई सामान्य चोट लगोको भएपनि माइलीमायाको अवस्था केही गम्भीर रहेको बताइएको छ । उनको घाटी र छातीमा चोट लागेको बताइएको छ । रतनपुरीस्थित स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचारपछि दुबैलाई थप उपचारको लागि हेटौडा अस्पताल पठाइएको र दुबैको अवस्था खतरा बाहिर रहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट जिल्लामा एक पुरुषको ज्यान गएको दुई साता बित्न नपाउदै फेरि २ जनामाथि आक्रमण भएको हो । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियावस्तिका एक पुरुषको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here