पुष्पराज खतिवडा
मनहर्वा,७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा मानव अधिकार तथा शान्ति समाज बारा शाखाले सिमरामा ‘लोकतन्त्रको प्राण : सुशासन र सद्भाव विषयक नागरिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।
सिमरास्थित होटल सम्यकमा बिहीवार भएको कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धाटन गर्नु भएको थियो ।प्रमुख अतिथि समेत रहेका नगर उपप्रमुख अधिकारीले लोकतन्त्रको सुन्दर पक्ष नै सुशासन र सद्भाव भएपनि पछिल्ला समय जनताले सुशासनको प्रत्याभुति पाउन नसक्दा जनआक्रोश देखिएको बताउनुभयो । ‘लोकतन्त्रमा बोल्ने छुट सबैलाई छ । यसैको फाईदा उठाएर हाल केही मानिसहरुले वर्तमान व्यवस्थामाथि नै प्रश्न उठाएका छन, उपप्रमुख अधिकारीले भन्नुभयो, तर बोल्न पाइयो भन्दैमा अर्काको मानमर्यादा र प्रतिष्ठामाथि आँच पुग्ने गरि कसैले पनि अभिव्यक्ति दिन मिल्दैन ।’उहाँले लोकतन्त्र पुर्नवहाली भएपछि देशमा विकास निर्माण कार्यले पनि गति लिएको बताउनुभयो । ‘लोकतन्त्र आएपछि देशमा विकास नभएको पनि होइन, उहाँले भन्नुभयो, तर जनताले अपेक्षा गरेअनुसारको विकास भने हुनसकेको छैन ।’ पञ्चायली शासन व्यवस्था कालमा गाउँघरका बाटाघाटा पुलपुलेसाको अवस्था र हालको अवस्थाको तुलना गर्दा पहिले र अहिलेको विकासको अवस्था प्रष्ट हुने बताउनुभयो । उहाँले देशमा कानुनी शासन रहेको पनि बताउनुभयो । देशका उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका मान्छेहरुपनि जेलमा रहेको बताउदै उहाँले कानुनको अघिल्तिर सबै समान रहेको सुनाउनुभयो । उपप्रमुख अधिकारीले केही मानिसहरुले भने जस्तो देशको अवस्था गएगुर्जेको नभएको पनि बताउनुभयो । ‘तर केही कमिकमजोरी अवश्य नै भएका छन, उहाँले भन्नुभयो, यो त्रुटी व्यवस्थामा नभएर व्यवस्थापनमा रहेको छ ।’ उहाँले केही नेताहरुबाट कमजोरी भएको बताउदै यसमा सुधारको खाँचो रहेको पनि बताउनुभयो ।यस्तै कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव अमर गौतमले देश जनतन्त्रमा चल्नु पर्नेमा बाहिरी र भित्री गलत शक्तिको मन्त्रमा चल्न खोज्दा लोकतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताउनु भयो ।
राजनीतिका नाममा अपराध र दण्डहिनतालाई प्रश्रय दिने राष्ट्रपती जस्ता जिम्मेवार निकायको गलत कदमले मानिसहरुले लोकतन्त्रमाथि औंला उठाउनेले मौका पाएको उहाँको भनाई थियो ।यस्तै पूर्व प्रदेशसभा सदस्य शोभा लामाले लोकतन्त्रमा जनप्रतिनीधिले देश चलाउनु पर्नेमा कर्मचारीतन्त्र हाबी हुँदा समस्या भइरहेको बताउनु भयो । अनेकन बाहानमा सेवाग्राहीलाई दुःख दिने कर्मचारीतन्त्रको रबैयाका कारण जनताले लोकतन्त्रको स्वाद पाउन नसेकेको लामाको भनाई थियो ।यसैगरी सिमरास्थित ब्राईटर एकेडमीका प्रिन्सीपल एवं सिमरा कलेकका प्राध्यापक राजुकुमार कार्कीले राज्य संचालकहरुका कारण व्यवस्थामाथि प्रश्न उठिरहेको बताउनु भयो । ‘व्यवस्था परिर्वतन भएपनि अवस्थामा परिर्वतन हुन नसक्दा खराव तत्व सलबलाउन थालेका छन । उहाँले भन्नुभयो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष सुभाश श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय कोषाध्यक्ष हरिप्रसाद थपलिया, पूर्वकेन्द्रीय सदस्य सीता अधिकारी, क्षमादेवी अधिकारी, बारा जिल्लाका पूर्वसमापती रघुनाथ लामिछाने, उपसभापती पुष्पराज खतिवडा, समाजका पर्सा शाखा सभापती प्रेम पटेल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बाराका सभापती लक्ष्मण साहको अध्यक्षता एवंम सचिव निराजन थापाको संचालनमा सम्पन्न भएको हो ।

















