मनहर्वा, बरियारपुर,आगामी २० गतेबाट प्रदेश नम्बर २ को बारा जिल्लामा राष्ट्रिय हात्तिपाईले (फाईलेरिया) रोग निवारण कार्यक्रम २०७७ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाराले मंगलबार कलैयामा रोग निवारण कार्यक्रम बारे पत्रकार अन्तरक्रिया गरी अभियानबारे जानकारी गराएको हो ।
२०६४ सालबाट देशमा अभियानका रुपमा सुरु भएको कार्यक्रम हाल बारा सहितका १२ जिल्ला सुरु हुन लागेको हो । प्रदेश नं. २ को बारामा मात्रै अभियान संचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ । जिल्लामा रोगको संक्रमण पाईएपछि अभियान थप गरिएको हो । जिल्लामा कुल जनसंख्याको २ प्रतिशत मानिस संक्रमित छन् । प्रदेश नंं.२ भरि बारा जिल्लामा रोगीको संख्या अधिक रहेको पाईएपछि चौथो पटक औषधी सेवन अभियान जारी गरिएको स्वास्थ कार्यालय बारा प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।
२०१४ बाट औषधी सेवन गराउन थाले पनि प्रभावकारी नहुँदा अन्य जिल्लाको तुलनामा बारा पछाडि परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने छ । यस क्रममा यही महिनाको २० गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगानीमा २ वर्ष माथि उमेरका सबै मानिसलाई हात्तिपाईले रोगको औषधी खुवाउने कार्यक्रम रहेको यादवलेले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तिपाईलेको औधषी सेवनपछि शरीरमा समान्य असर देखिनु सकारात्मक हो । मानव शरीरमा मात्रै लामो समय बाँच्न सक्ने एक प्रकारको जुकाका कारण मानिसमा हात्तिपाईले रोग हुने गर्दछ । ‘जस्को शरीरमा हात्तिपाईले रोग निम्त्याउने जुकाको संक्रमण छ, त्यस्ता ब्यक्तिहरुले औषधी खाँदा रिंगटा लागेझै शरिरमा थोरै असर देखिनु भनेको जुका मरेर रोगबाट छुटकरा पाएको लक्ष्यण हो ।’ उहाँले भन्नुभयो ।
हात्तीपाईले रोग निवारण कार्यक्रमको सिसिलसिलामा स्थानीय पालिकाहरुको ब्यवस्थापन र स्वास्थ्य कार्यालय बाराको सहजीकरणमा जिल्लाभरी नै अभियान जारी रहने छ । २ वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु नहुने बताइएको छ । त्यस्तै क्यान्सर, मुटु ,मृगौला, कलेजो ,फोक्सोका दिर्घरोगीहरु र ज्वरो आएको २४ घण्टाभित्रका बिरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाई रोग निर्मुल पार्न सहयोग गर्नुपर्ने जनस्वाथ्यका फोकल पर्सन शंकरप्रसाद गुप्ताले बताउनुभयो ।
शरीरमा लामखुट्टेको माध्यमबाट उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परिजीवीमार्फत मानिसमा हात्तिपाईले रोग लाग्ने गर्दछ । हात्तिपाईलेको औषधी खाँदा डराउनु नपर्ने उहाँले बताउनुभयो । सामन्यतया मानिसमा यो रोगका परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिए पनि भित्री अंगमा परजिविले क्षेति पुर्याई हरेको हुन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ । त्यस्तै काम ज्वरो आउनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु ,दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।
अभियानका क्रममा उमेर समुहका आधारमा डिईसी(डाई इथायल कार्बामाजीन) र अलबेण्डाजोल चक्कीका दरमा खुवाईने छ । त्यसका लागि २ देखि ५ वर्ष उमेर समुहमा १ ,६ देखि १४ वर्ष उमेर समुहमा २ र १५ वर्ष माथिका लागि ३ का दरले दुबै चक्की खुवाईने छ ।
नेपालमा समेत कुल जनसंख्याको १५ प्रतिशत मानिस हात्तिपाईले रोगको संक्रमणमा छन् । यो अवस्थालाई २०२० सम्ममा १ प्रतिशतमा झानु पर्ने हुन्छ । त्यस्तै हात्तिपाईले रोग विश्वका ७० भन्दा बढी देशहरुमा पाईएको छ । विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा यो रोग उल्मुलन गर्ने रणनीति अघि सारेको छ । हात्तिपाईले रोग उल्मुलनका लागि हाल ३० भन्दा बढी मुलुकमा अभियान जारी रहेको रहेको रिमालले जानकारी दिनुभयो । ७० देशका १ अरब ४० करोड बढी मानिस हात्तिपाईले रोगबाट पिडित रहेको उहाँको भनाइ थियो ।
बारा जिल्लाका १६ वटै स्थानीय तहहरुमा कार्यक्रम संचालन भइरहेको स्वास्थ्य प्रमुख पंडिताले जानकारी दिनुभयो । अभियानमा ६ सय बढी स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । अभियानका क्रममा अनुमानित ८ लाख ५५ हजार ८२२ जनालाई औषधी खुवाइने छ ।